भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले आज अपराह्न माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले एसइई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षामा सहभागीमध्ये चार लाख ९५ हजार सात सय ५१ परीक्षार्थीको नतिजा सार्वजनिक गरेका हुन्।
सदस्य सचिव अर्यालले यस वर्ष उच्च श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी एक दशमलव ९४ प्रतिशत रहेको बताए। उच्च श्रेणी ३ दशमलव ६ देखि ४ जिपिए ल्याउने नौ हजार छ सय ३३ अर्थात् १ दशमलव ९४ प्रतिशत छन्।
त्यस्तै, ४१ हजार छ सय २७ विद्यार्थीले ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए, ६९ हजार नौ सयले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याएका छन्। ९० हजार ७५८ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याएका छन्।
त्यस्तै एक लाख १२ हजार सात सय ३३ विद्यार्थीले २ देखि २ दशमलव ४ जीपीए, एक लाख पाँच सय ९४ जनाले १ दशमलव ६ देखि २ जीपीए, ४४ हजार पाँच सय ८६ विद्यार्थीले १ दशमलव २ देखि १ दशमलव ६ जीपीए र तीन हजार दुई सय ८० विद्यार्थीले ० दशमलव ८ देखि १ दशमलव २ जीपीए ल्याएको उनले जानकारी दिए।
सदस्य सचिव अर्यालले यस वर्ष १ दशमलव ९४ प्रतिशतले ३ दशमलव ६ देखि ४ जिपिए, ८ दशमलव ४० प्रतिशतले ३ दशमलव २ देखि ३ दशमलव ६ जिपिए, १४ दशमलव १० प्रतिशतले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए, १८ दशमलव ३१ प्रतिशतले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याएका छन्।
त्यस्तै २२ दशमलव ७४ प्रतिशतले २ देखि २ दशमलव ४ जीपीए, २० दशमलव २९ प्रतिशतले १ दशमलव ६ देखि २ जीपीए, ८ दशमलव ९९ प्रतिशतले १ दशमलव २ देखि १ दशमलव ६ जीपीए र ० दशमलव ६६ प्रतिशतले ० दशमलव १ देखि १ दशमलव २ जीपीए ल्याएको उनले जानकारी दिए।
परीक्षामा २२ हजार छ सय ४० अर्थात् ४ दशमलव ५७ प्रतिशत परीक्षार्थी अनुपस्थित रहेको सदस्य सचिव अर्यालले जानकारी दिए।
त्यसैगरी प्रदेशतर्फ प्रदेश नं १ मा १७ दशमलव ४ प्रतिशत, मधेस प्रदेशमा १५ दशमलव ५ प्रतिशत, वाग्मती प्रदेशमा २१ दशमलव ६७ प्रतिशत, गण्डकी प्रदेशमा ९ दशमलव ३० प्रतिशत, लुम्बिनी प्रदेशमा १७ दशमलव ४५ प्रतिशत, कर्णाली प्रदेशमा ७ दशमलव ५३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ११ दशमलव ५ प्रतिशत विद्यार्थीको नतिजा सार्वजनिक गरिएको छ ।