जान्हवी कपुर बनिन् क्रिकेटर

काठमाडौँ। बलिउड अभिनेत्री जान्हवी कपुर यतिबेला क्रिकेटर बनेकी छिन्। उनले आफ्नो आउँदो चलचित्र ‘मिस्टर एण्ड मिसेस माही’का लागि क्रिकेटको प्रशिक्षण लिएकी हुन्। चलचित्रको घोषणा गत नोभेम्बरमा नै भएको थियो। 

निखिल मल्होत्रा ​​र शरण शर्माको लेखन रहेको चलचित्रमा शरण शर्माको निर्देशन रहनेछ। धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा राजकुमार राव पनि मुख्य भूमिकामा रहेका छन्। चलचित्र ७ अक्टोबर २०२२ मा प्रदर्शनमा आउनेछ।

अभिनेत्रीले आफ्नो सामाजिक सञ्जालमा चलचित्रको  छायाङ्कन सेटबाट केहि तस्विर सार्वजनिक गरेकी छिन्। जसमा उनी क्रिकेटरको भूमिकामा देखिएकी छिन्।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×