काठमाडौं - नेप्सेमा भिषण पहिरो गएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार २८ दशमलव ६८ अंकले घटेर १९ सय ७२ दशमलव शुन्य नौं अंकमा पुगेको छ भने सेन्सिटिभ चार दशमलव ७९ अंकले घटेर तीन सय ५१ दशमलव ६५ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय नौं वटा कम्पनीह्रुको ४८ हजार तीन सय ४९ पटकको कारोबारमा ७४ लाख ४६ हजार नौं सय ९१ कित्ता सेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार दुई सय २८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर किनबेच भएकोमा सबै समुहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव ५० अंंकले घटेर एक हजार ६१ दशमलव शुन्य सात अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६६ दशमलव २४ अंकले घटेर दुई हजार चार सय ५९ दशमलव ६० अंंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ३१ दशमलव ९८ अंकले घटेर नौं हजार आठ सय ६० दशमलव ३३ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ७२ दशमलव ७० अंकले घटेर १० हजार दुई सय ८६ दशमलव ६८ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोटर्लस नेपाल (बालाजु) लिमिटेड परेको छ भने बढी ,गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जोशी हाईड्रो पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड पहिलो स्थानमा परेको छ ।