भक्तपुर - नाग पञ्चमीको अवसरमा आज भक्तपुरको चाँगुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीको दिन चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ।
नेवार समुदायमा चाँगुनारायणको दर्शन गरेर मात्र घरको मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रही आएको छ। यसरी नागको तस्वीर टाँस्नाले नाग र सर्पको भएबाट मुक्त हुने धार्मिक विश्वास रहेको छ।
आज चाँगुनारायण मन्दिरलगायत भक्तपुरको वाखुपति नारायण र तिलमाधव नारायण, कमलविनायकको नारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ।