कतार विश्वकप किन भयो सर्वाधिक मँहगो?

काठमाडौँ - आगामी मंसिर ४ बाट कतारमा सुरु हुने विश्वकपका लागि विश्वकपमा छनोट भएका सबै देशले आफ्नो राष्ट्रिय टिम घोषणाको तयारी अन्तिम चरणमा पुर्‍याएका छन्।

यस्तोमा सबै देशले कतार विश्वकपमा आफ्नो प्रभावशाली प्रदर्शन गर्ने टोली मैदानमा उतार्दै गर्दा कतार विश्वकप घोषणा भएदेखि नै अनेकन विवाद र आलोचनाको घेरामा रहँदै आएको छ। तर, कतारले सबै आलोचना र पश्चिमी राष्ट्रहरूले विश्वकप सार्नका लागि गरेका अनेकन प्रयासलाई असफल बनाएको दावी गर्ने गरेको छ।

अब प्रतियोगिता सुरु हुन २२ दिन बाँकी रहँदा कतारले सबैखाले तयारी पुरा गरिसकेको दावी गरेको छ। उसले कतार विश्वकप हेर्नका लागि संसारभरका समर्थकलाई कतार आउन आग्रह समेत गरेको छ। तर, यो बीचमा कतारले विश्वकपका लागि गरेको लगानी भने अत्यासलाग्दो छ। कतार अहिलेसम्मकै सर्वाधिक महँगो विश्वकप बन्दै छ। कतारले पूर्वाधारको लगानीमा मात्र करिब १ सय ३८ बिलियन पाउन्ड (२ सय २० बिलियन डलर) बराबरको अनुमानित रकम खर्च गरेको छ।

जसका कारण कतार अहिलेसम्मकै महँगो विश्वकप बन्दै छ। त्यसअघि ब्राजिलले ११.६ बिलियन पाउन्ड र रसिया १४.२ बिलियन पाउन्ड खर्च गरेका थिए।

यी २ भन्दा कतार विश्वकप झण्डै १० गुणा बढी हो। यसको कारण भनेको कतारले सुरुवातबाटै बनाएका सात सुविधा सम्पन्न नयाँ रंगशालाको निर्माण हो। यो पनि दक्षिण अफ्रिकाले विश्वकपमा गरेको ३.५ बिलियन डलरभन्दा ६४ गुणा धेरै हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×