माओवादी अध्यक्ष प्रचण्डद्वारा पत्रकार सम्मेलन आह्वान

काठमाडौँ - सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल 'प्रचण्ड'ले पत्रकार सम्मेलन आह्कावान गरेका छन्।

एमसिसी पास भएपछि पहिलोपटक उनले आफ्नै निवास खुमलटारमा पत्रकाहरूसँग भेटघाट गर्न लागेका हुन्। पछिल्लो समय एमसिसी पास गर्न प्रचण्डले देखाएको द्वैध चरित्रको आलोचना भएको थियो। प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँगै एमसिसी पास गर्ने प्रतिबद्धतासहित अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएको थियो। तर नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठकमार्फत् एमसिसीको विपक्षमा उभिने निर्णय गरेको थियो।

माओवादी केन्द्रले एमसिसीको विरोधमा सडक आन्दोलन समेत गरेको थियो। नेपाली कांग्रेसले माओवादी एमसिसीको पक्षमा नउभिए नेकपा एमालेसँग गठबन्धन गर्ने बताएपछि प्रचण्ड देउवासँगै एमसिसी पास गर्ने पक्षमा उभिएका थिए। हिजो आइतबार एमसिसी पारित गर्न राखिएको प्रतिनिधिसभा बैठकअघि प्रचण्डले संसदीय दलबाट एमसिसी अनुमोदनको निर्णय गराएका थिए। प्रतिनिधिसभाको सो बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेको थियो।

हिजो आइतबारको प्रतिनिधिसभा बैठकमा एमसिसीको विषयमा प्रचण्ड स्वयंले भने कुनै धारणा राखेका थिएनन्। त्यसैले आज प्रचण्ड निवासमा  हुन गइरहेको पत्रकार सम्मेलनलाई निकै चासोको रूपमा हेरिएको छ। पत्रकार सम्मेलन आज दिउँसो ३ बजेका लागि तय गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×