आहा रारा गाेल्ड कपमा १० टिम, विजेताले १२ लाख रुपैयाँ पाउने

कास्की - सहारा क्लब पोखराको आयोजनामा हुने २२ औँ आहा रारा गोल्ड कपमा १० टिम सहभागी हुने भएका छन्।

यही पुस १४ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, धरान फुटबल क्लब, अमेरिककाको बीवाईएससी एम र आयोजक सहारा क्लब पोखरा रहेका छन्।

आहा रारा गोल्ड कपको २२ औँ सस्करणको पुरस्कार राशिमा वृद्धि गरिएकाे क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्। विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पाउने छन्।

प्रतियोगिताबाट १ करोड ५९ लाख ५० हजार रुपैयाँ आम्दानी हुने र १ करोड १३ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान क्लबको रहेको छ। गएकाे वर्षको विजेता एएपीएफ क्लब र उपविजेता मनाङ मर्स्याङ्दी क्लब बनेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×