काठमाडौँ - अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले एसआई युके नेपालले यही जेठ २८ गते ‘दि लार्जेष्ट युके एजुकेसन फेयर २०२२’ आयोजना गर्ने भएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका निर्देशक विनय अधिकारीले मेलामार्फत नेपाली विद्यार्थी र अभिभावकले ३० भन्दा बढी बेलायती विश्वविद्यालय तथा शैक्षिक संस्थाको शुल्क, पाठ्यक्रम, छात्रवृत्ति र अन्य सेवा सुविधाबारे जानकारी पाउने बताए।
निर्देशक अधिकारी बेलायती शिक्षा प्रणाली र गैरआवासीय नेपाली समुदायबारे जानकार अभियानकर्मी पनि हुन्।
एसआई युके नेपालका देशीय व्यवस्थापक अस्गर हुसेनका अनुसार फेयरमा उपस्थित हुने विद्यार्थीले त्यहीँबाट विदेश अध्ययनको प्रक्रिया सुरु गर्नसक्ने र उसले निःशुल्क आइइएलटीएस निःशुल्क प्रोसेसिङ र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।
वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण विद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा प्रतिनिधिसँग जानकारी दिलाउन संस्थाले यस्तो मेला गर्दै आएको छ।
मेलामा तीन हजार ७५ ले एसआई युकेको वेबसाइटमार्फत नाम दर्ता गरिसकेका आयोजकले जनाएको छ। एसआईका कार्यालय विश्वका ४० देशमा छन्।
यसले ७९ ठाउँमा ग्लोबल अफिसमार्फत १५८ विश्वविद्यालयसँग आबद्ध भई १६ वर्षदेखि सेवा दिँदै आइरहेको छ।