काठमाडौँ - यूईएफए नेसन्स लिग फुटबलमा स्पेन पराजित भएको छ। समूह चरण अन्तर्गत गएराति भएको खेलमा स्पेनलाई स्विट्जरल्यान्डले २-१ गोलले पराजित गरेको हो। स्पेनलाई स्विट्जरल्यान्डले उसैको घरेलु मैदानमा हराएको हो।
खेलको २१ औँ मिनेटमा म्यानुएल एकान्जीले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए। तर खेलको ५५ औँ मिनेटमा जोर्डी अल्बाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याए।
खेलको ५८ औँ मिनेटमा ब्रेल एम्बोलोले थप गोल गरेपछि स्विट्जरल्यान्ड २-१ ले विजयी भयो।
हारसँगै लिग 'ए' समूह २ को स्पेनले ५ खेलमा ८ अंक जोडेको छ। स्पेन दोस्रो स्थानमा रहेको छ। स्विट्जरल्यान्ड ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।