फिल्म ‘एक्स ९’ मा सौगातले अभिनय नगर्ने

काठमाडौँ - तोकिएको मितिमा छायाङ्कन सुरु नगरेपछि फिल्म ‘एक्स ९’ मा नायक सौगात मल्लले अभिनय नगर्ने भएका छन्।

पहिला फिल्मको छायाङ्कन फ्रेबुअरीमै गर्ने भनिएको थियो। त्यही योजना अनुसार अनमोल केसी, पुष्प खड्का र सौगात मल्ल अनुबन्धित भएका थिए। फिल्मका लागि ज्यान बनाउन तिनै जना नायकले जिम जोइन पनि गरेका थिए।

तर,तोकिएको मितिमा फिल्मको छायाङ्कन सुरु हुन सकेन र कलाकारहरू एक पछि अर्को प्रोजेक्टहरूमा जोडिन थाले। अब भने निर्माण टोली फिल्मलाई फ्लोरमा लैजाने तयारीमा जुटेका छन्।

तर योबिचमा फिल्मका ३ नायकमध्ये सौगात भने छुट्ने देखिएको छ। फिल्मको कथा राम्रो भएको भन्दै अनमोल र पुष्प फिल्ममा अभिनय गर्न राजी भएका छन्।

तर सौगातले भने अर्कै प्रोजेक्टमा आफू अनुबन्धित भइसकेकाले अभिनय गर्न नसक्ने र अन्य सेड्युलहरु पनि प्याक भइसकेको बताएको जानकारी दिइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×