काेराेना कहरकाे २ वर्ष पूरा : ५३ लाख ७० हजारको मृत्यु, तेस्रो लहरको संकेत

काठमाडौं । आज ३१ डिसेम्बर । चीनको वुहानमा सबैभन्दा पहिला कोभिड संक्रमण पुष्टि भएको दुई वर्ष पूरा भएको छ ।

सन् २०१९ को ३१ डिसेम्बरमा चीनको वुहानमा भाइरल निमोनियाजस्तै ज्वरो देखिएको थियो, जसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड १९ नाम दिएको थियो । विभिन्न भेरियन्टमा देखिएको कोभिड विश्वव्यापी महामारी बनेको छ । कोभिडका कारण अहिलेसम्म विश्वमा ५३ लाख ७० हजारको ज्यान गएको छ ।

विभिन्न देशमा कोभिडका विभिन्न लहर देखिएका छन् । बेलायत र फ्रान्समा क्रमशः चौंथो र पाँचौं लहर देखिएका छन् । कोभिडका कारण पछिल्लो समय युरोप र अमेरिका नराम्रोसँग प्रभावित छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण महामारीले झन बिकराल रुप लिएको विज्ञहरुले बताएका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×