काठमाडौँ l लोकप्रिय गायन रियालिटी सो 'नेपाल आइडल'सँग सम्बन्धित एक खबर सार्वजनिक भएको छ l कार्यक्रमको दोश्रो सिजन देखी कार्यक्रममा सञ्चालकको भूमिका निभाएका कलाकार आसिफ शाहले अब अर्को सिजनबाट नेपाल आइडल सञ्चालन नगर्ने भएका छन् l
यो कुराको जानकारी उनले स्वयम् सामाजिक सञ्जालमार्फत दिएका हुन् उक्त कुरालाई असिफले सामाजिक सञ्जाल मार्फत बताएका हुन् l सञ्जालमा एक तस्विर पोस्ट गर्दै उनले लेखेका छन् "हरेक यात्रा,जतिसुकै रोचक किन नहोस्,अन्त्य अवश्य हुन्छ।नेपाल आइडलको मेरो यात्रा पनि अब यही सिजन सम्मको छ। यसलाई सकेसम्म यादगार बनाउने कोसिसमा छु।"
हाल उनी रेश्मा घिमिरेसँग कार्यक्रमको चौथो सिजन सञ्चालन गरिरहेका छन् l एपिवान टेलिभिजन र नेपाल आइडलको अफिसियल च्यानल बाट प्रसारण हुने कार्यक्रमको गलाराउन्ड २० औँ एपिसोड सकिएर २१ औँ एपिसोड प्रसारणमा आउने समय भएको छ l चौथी सिजनका निर्णायक सम्भुजित बास्कोटा , शुभानी मोक्तान र सुगम पोख्रेल रहेका छन् l