खैरो हेरोइनसहित बर्दियाबाट २ जना पक्राउ

बर्दिया - बर्दियाको बढैयाताल गाउँपालिका-७ स्थित कर्णालीपुरबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मधुवन नगरपालिका-८ बस्ने २४ वर्षीय कृष्ण थारु र २५ वर्षीय गणेश चौधरी छन्।

आरोपीहरुको साथबाट ३ ग्राम १ सय ९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

आइतबार राति प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भे.१२ प ६३७९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक कृष्ण र मोटरसाइकलमा सवार गणेशको साथमा हेरोइन भेटिएको थियो।

आरोपीहरुबारे जिल्ला प्रहरी कार्यालय बर्दियाले अनुसन्धान गरिरहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×