काठमाडौँ - दुई पटकका च्याम्पियन एन्डी मर्रे विम्बल्डनको सुरुवाती चरणबाटै बाहिरिएका छन्। उनी चार सेटको खेलमा अमेरिकी जन इस्नरसँग दोस्रो चरणमा पराजित भएका हुन्।
३५ वर्षीय मर्रेले तेस्रो सेटसम्म आफ्नो आसा बाँकी राखेपनि चौंथो सेटमा पराजित भए। उनी ६-७, ७-६ (७-४), ६-७ (३-७), ६-४ ले पराजित भएका थिए।
२०१८ का सेमिफाइनलिस्ट रेका इस्नेरले सेन्टर कोर्टमा आफूलाई पुनः एकपटक बलियो रहेको प्रमाणित गरेका छन्। अब उनले अर्को चरणमा २० वर्षीय १० औं वरियताका जननिक सिनरसँग प्रतिस्पर्धा गर्नेछन्। मर्रे विम्बल्डनमा तेस्रो चरणभन्दा अघिबाटै बाहिरिएको यो पहिलो पटक हो।
त्यस्तै,महिला तर्फ नै बेलायतकी ईमा राडुकानु दोस्रो चरणबाट बाहिरिएकी हुन्। उनी चर्च रोडस्थित सेन्टर कोर्टमा फ्रान्सकी कारोलिना गार्सियासँग पराजित भएकी हुन्।
बेलायती नम्बर एक राडुकानु ६-३ र ६-३ को सोझो सेटमा पराजित भएकी थिइन्। अब गार्सियाले तेस्रो चरणमा झाङ शुईसँग प्रतिस्पर्धा गर्नेछिन्।