नेपालगञ्ज - बाँके प्रहरीले पेस्तोलसहित तीन युवकलाई पक्राउ गरेको छ। गस्ती टोलीले एक थान अत्याधुनिक स्वचालित पेस्तोलसहित तीन युवकलाई पक्राउ गरेको हो। उनीहरुबाट आइतबार ९० ग्राम ब्राउन सुगर पनि बरामद भएको प्रहरीले जनाएको छ।
खजुरा गाउँपालिका १ स्थित रवीन्द्र थापाको घरबाट तीनै जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा २५ वर्षीय रवीन्द्र थापा, २७ वर्षीय मनिष थापा र २८ वर्षीय सुरेश रोका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार उनीहरु ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा पक्राउ परेका हुन्। यसमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।