आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं - सुनसरीको बराहक्षेत्र नगरपालिका–७ पिपलगाछी बस्ने ४२ वर्षीया सावित्रा पौडेलको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगलागी निभाउने क्रममा घाइते भएकी सावित्रा पौडेल र २० वर्षीया शान्ता पौडेललाई उपचारको लागि स्थानीय नगर अस्पताल चक्रघट्टी पठाइएको छ । 

भोजपुरको अरूण गाउँपालिका–५ लुकुवा बस्ने चिरणजिबि खड्काको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर, घरमा रहेको नगद २ लाख ३० हजार रूपैयाँ, ३ तोला सुन, अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायतका सामान जलेर करिब १३ लाख ८३ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×