संस्कृत भाषाकाे शब्दका लेखक स्वामी  गिरीलाई विद्यावारिधि उपाधि

काठमाडाैं । नेपाल संस्कृत विश्वविद्यालयले स्वामी केशवानन्द गिरीलाई नव्यव्याकरण विषयमा विद्यावारिधि उपाधि प्रदान गरेको छ । 
विश्वविद्यालय अनुसन्धान केन्द्रको सिफारिसमा ‘पाणिनीयाष्टाध्याथ्यामद्वैतवादः’ अर्थात् ‘पाणिनिको अष्टाध्यायीमा अद्वैतवाद’ शीर्षकमा स्वामी केशवानन्द गिरीलाई विद्यावारिधि उपाधि दिइएको परीक्षा नियन्त्रक डा बाबुराम आचार्यले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

 महेश सन्यास आश्रमले सञ्चालन गरेको महेश गुरुकूलमा अध्ययन गरी त्यहीँको प्रधानाध्यापकका रुपमासमेत सेवा गरिसक्नुभएका गिरी पछिल्लो समय पूर्वीय दर्शनलाई प्रविधिसँग जोडेर आममानिसलाई पठनपाठनमा सहजता बनाउने अभियानमा लागेका छन् । उनले चार लाख शब्द समावेश भएको संस्कृत– नेपाली विद्युतीय शब्दकोश तयार गरी सार्वजनिक गरेका छन्। शब्दकोशमार्फत उनले पूर्वीय दर्शनलाई प्रविधिसँग जाेडेका छन् ।

 शब्दकोशबाट संस्कृत, नेपाली, अङ्ग्रेजी र हिन्दी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोश एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ । यसैगरी केएन स्वामी डटकममा पनि शब्दकोश हेर्न सकिन्छ । केशवानन्द हाल राष्ट्रिय गुरुकूल परिषद् नेपालका अध्यक्षसमेत छन् ।
परिषद्मार्फत देशभरका गुरुकूलको स्तरोन्नति एवं पठनपाठन सुधारमा केशवानन्दले ध्यान केन्द्रित गर्दै आएका छन् । पूर्वीय दर्शनका विभिन्न पुस्तकलाई आधुनिक साजसज्जासहित शुद्ध स्वरुपमा प्रकाशन गरिदिएर पनि उनले पूर्वीय दर्शनको ज्ञान लिन चाहनेका लागि ठूलो गुण ल्याएका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×