काठमाडौँ। दक्षिण भारतीय कलाकार प्रभास र पुजा हेगडेको चलचित्र ‘राधे श्याम’ अहिले सिनेमाघरमा प्रदर्शन भइरहेको छ। चलचित्र हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा प्रदर्शन हुँदैछ।
राधे कृष्ण कुमारको निर्देशनमा बनेको चलचित्रमा सन् १९७० को दशकको प्रेम र नियतीबीचको द्वन्द्वात्मक कथा देखाईएको छ। चलचित्रमा प्रभास र पूजाका अलावा भाग्यश्री, क्रिशम राजु, सचिन खेदकर र प्रियादर्शीको पनि अभिनय रहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्र 'राधेश्याम' प्रदर्शनमा आएसँगै अनलाइनमा लीक भएको छ। चलचित्र टोरेन्टसँगै केहि वेब साइटमा एचडी भर्सनमा लीक भएको जनाईएको छ। जसले चलचित्रको ब्यापारमा ठुलो असर पर्ने भएको छ।
चलचित्रले प्रदर्शनमा आउनु अघि नै २०० करोड भन्दा बढी कमाइ गरिसकेको थियो। आन्ध्रा बक्स अफिसको रिपोर्ट अनुसार चलचित्र थिएट्रिकल राइट्स २१० करोड भारतीय रूपैयाँमा बिक्रि भएको थियो।