काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर २ लाख १५ हजार २०० रुपैयाँ पुगेको हो।
यसअघि आइतबार सोही सुनको मूल्य तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो।
त्यस्तै, चाँदीको मूल्य आइतबार तोलामा २ हजार ५७० रुपैयाँ रहेकोमा सोमबार बढेर २ हजार ५७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।