कटवालको नियुक्तिसँगै बन्द प्रशिक्षणमा डाकिए ३० खेलाडी

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार पाकिस्तानविरुद्धको एउटा मात्र मैत्रीपूर्ण खेलका लागि प्रवेश कटवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।

एन्फाले मुख्य प्रशिक्षकको चयनसँगै मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणमा ३० खेलाडीलाई बोलाएको छ। कटवालले पहिलोपटक राष्ट्रिय टोली हेर्न लागेका हुन्। कटवालले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र क्लबलाई लगातार दोस्रोपटक च्याम्पियन बनाएका छन्।

नेपाल र पाकिस्तानका राष्ट्रिय टोलीबीच ३० कात्तिकमा दशरथ रंगशालामा खेल हुनेछ। पाकिस्तानले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न एन्फासमक्ष दुई खेल प्रस्ताव गरेको थियो। एन्फाले पाकिस्तानको प्रस्तावमा एउटा मात्र मैत्रीपूर्ण खेल खेल्न सक्ने जनाएको छ। ४ मंसिरमा निर्वाचन भएका कारण एन्फाले पाकिस्तानविरुद्ध तत्काल एक मैत्रीपूर्ण खेल खेल्न सम्भव भएको जनाएको छ।

नवयुग र पुजन फर्किए
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा एन्फाले सिनियर खेलाडीलाई मौका दिँदा स्ट्राइकर नवयुग श्रेष्ठ तथा पुजन उपरकोटीले स्थान बनाउन सकेनन्। बंगलादेशविरुद्धको खेलमा नेपाल ३-० ले विजयी भएको थियो। तत्कालीन प्रशिक्षक हुमागाईंले उत्कृष्ट फर्ममा रहेका श्रेष्ठ तथा पुजनलाई बाहिर राखेका थिए। पाकिस्तानसँगको खेलका लागि बोलाइएका सबैजसो खेलाडी सिनियर रहेका छन्। 

प्रशिक्षणमा डाकिएका ३० खेलाडीमा
किरण चेम्जोङ, विकेश कुथू, दीप कार्की, विशाल श्रेष्ठ, विकास खवास, विकास तामाङ, सेसेहाङ आङ्देम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आभास लामिछाने, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रञ्जित धिमाल, पुजन उपरकोटी, सुदीप गुरुङ, सुरजजिउ ठकुरी, सुजल श्रेष्ठ, एरिक विष्ट, विमल घर्तीमगर, अञ्जन विष्ट, मनीष डाँगी, सुनील बल, आशिष चौधरी, ऋतिक खड्का, आयुष घलान, संजोग राई, निशान खड्का  रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×