नेप्सेमा ३२ अंकले बढदा १४ अर्ब १३ करोडको शेयर किनबेच

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन २७ दशमलव ३२ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने ३२ अंकले बढेर २५ सय ६८ दशमलव ११ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव शुन्य नौं अंकले बढेर चार सय ६० दशमलव शुन्य तीन अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको एक लाख ५९ हजार सात सय ५८ पटकको कारोबारमा तीन करोड ५५ लाख ९४ हजार आठ सय ६८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बिकास बैंक समुहको सुचक १७ दशमलव ९५ अंकले घटेर पाँच हजार ४५ दशमलव ७९ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि तीन दशमलव २७ अंकले घटेर तीन हजार एक सय ४७ दशमलव ९१ अंकमा झरेको छ । यसैगरी लगानी र अन्य समुहको सुचक पनि क्रमशः शुन्य दशमलव ६८ र छ दशमलव ३२ अंकले घटेका छन् । बाँणिज्य बैंक समुहको सुुचक भने १९ दशमलव २६ अंकले बढेर १४ सय ३२ दशमलव ७० अंकमा पुगेकोमा फाईनान्स समुहको सुचक पनि ३५ दशमलव ९५ अंकले बढेर दुई हजार नौं सय ६६ दशमलव १३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८६ दशमलव ३६ अंकले बढेर १२ हजार दुई सय १८ दशमलव ५७ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि तीन सय ६९ दशमलव ७८ अंकले बढेर १२ हजार आठ सय ७१ दशमलव १७ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संंस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मितेरी डेभलपमेन्ट बैंक पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड परेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×