अमेरिकामा ओमिक्रोन भेरियन्टको तेस्रो सङ्क्रमण पुष्टि

एजेन्सी। संयुक्त राज्य अमेरिकामा ओमिक्रोन कोरोनाभाइरस संस्करणको तेस्रो केस कोलोराडो राज्यमा पुष्टि भएको छ। गभर्नर जेरेड पोलिसले बिहीबार पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएका हुन्। 
'केही क्षण अघि, कोलोराडोको सार्वजनिक स्वास्थ्य र वातावरण विभागले ओमिक्रोन संस्करणको पहिलो कोलोराडो केस पुष्टि गर्यो। सङ्क्रमित दक्षिणी अफ्रिकाको यात्रा गरी भर्खर फर्किएकी हुन्। उनमा  हाल हल्का लक्षणहरू देखिएको छ र घरमा अलग्गै बसेकी छिन्। उनले खोप लिएकी तिइन तर  बुस्टर डोज भने लिएकी थिइनन्' गभर्नरले  थपे। क्यालिफोर्निया र मिनेसोटामा अहिलेसम्म दुई अन्य केसहरू फेला परेका छन्।  ती सङ्क्रमित तीनै जनालाई खोप लगाइएको थियो।
नयाँ ओमिक्रोन संस्करणको बढ्दो त्रासका बीच अमेरिका लगायत विश्वभरका सरकारहरूले पछिल्लो समय यात्रा प्रतिबन्ध र सार्वजनिक स्वास्थ्य उपायहरू बढाएका छन्। 
राष्ट्रपति जो बाइडेनले बिहीबार जाडो मौसममा  कोभिड भाइरस र  नयाँ भेरियन्ट विरुद्ध लड्न मद्दत गर्ने उद्देश्यले पाँच बुदे योजना घोषणा गरेका थिए।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×