सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय

काठमाडौँ - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार २ सय तोकिएको छ।

अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ५ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ७ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार २ सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु १ हजार २ सय १० कायम रहेको महासङ्घले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×