हर्लिक्स र ललिपप उपहार लिएर गइन् दीपा माग्नेबुढाको जन्मदिनमा

काठमाडौं - चर्चित हास्य कलाकार केदारप्रसाद घिमिरे उर्फ माग्ने बुढाले आज ४७ औ जन्मोत्सव मनाएका छन्। रेडियो अडिओले आयोजना गरेको उनको जन्मदिन विशेष कार्यक्रम समारोहमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ उपस्थित थिए। यस्तै, हास्यकलाकारहरु सन्दीप क्षेत्री, जितु नेपाल मुन्द्रे, दिपाश्री निरौला, मनोज गजुरेल लगायतको सहभागिता थियो।

समारोहमा सहभागी कलाकारहरूले माग्ने बुढालाई सुस्वास्थ्य दीर्घायु तथा सफल कलाकारिता जीवनको लागि शुभकामना व्यक्त गरे। हास्य कलाकार दिपाश्री निरौला भने उनलका लागि हर्लिक्स र ललिपप उपहार लिएर पुगिन्। यस सँगै उनले सुगर फ्रि बिस्कुट पनि दिएकी थिइन्।

उपहार दिँदै दीपाले भनिन्, ‘माग्नु अहिले धेरै नै व्यस्त छ। अहिले वास्तवमा भेट हुनै गाह्रो भएको छ त्यही भएर मैले यो बिस्कुट, हर्लिक्स, ललिपपहरू किन ल्याइदिएको भने एकदम तन्दुरुस्त भएर भाइ र हाम्रो भेट भइराखोस् भनेर। भाइ एकदमै खान छोडेर पेट धप्कार बसिरहेको छ।’
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×