बार्सिलोनाका फ्रेन्च डिफेन्डर कुन्डे ला लिगामा दर्ता

काठमाडौँ - स्पेनिस क्लब बार्सिलोनाका फ्रेन्च डिफेन्डर जुलेस कुन्डे स्पेनिस ला लिगामा दर्ता भएका छन्। कुन्डे यसै समरमा अर्को स्पेनसि क्लब सेभियाबाट बार्सिलोना भित्रिएका हुन्।

तर, फाइनान्सियल फेयर प्लेको कडाईको कारण बार्सिलोनाले उनलाई दर्ता गर्न सकेको थिएन। दर्ता भएसँगै कुन्डे भालाडोलिटविरुद्ध आज हुने खेलमा उपलब्ध हुने छन्। २३ वर्षीय डिफेन्डरले बार्सिलोनासँग ५ वर्षको लागि सम्झौता गरेका छन्।

सेन्टर ब्याक कुन्डे सन् २०१९ मा फ्रेन्च क्लब बोर्डूअक्सबाट सेभिया आएका थिए। स्पेनिस क्लबमा रहँदा उनले युरोपा लिगको उपाधि जितेका थिए। उनले  फ्रान्सका लागि ११ खेल खेलेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×