लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालद्वारा निर्वाचनको मिति घोषणा गर्न माग

काठमाडौँ - लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालले स्थानीय तहको निर्वाचन मिति चाँडो घोषणा गर्न माग गरेको छ।

सो सङ्गठनका महासचिव जगदीशप्रसाद अधिकारीले आज विज्ञप्ति जारी गरी संविधान र लोकतन्त्रको रक्षाका लागि आमनागरिकको सेवा सुविधासँग सरोकार रहेको स्थानीय तहको कार्यकाल सकिनै लाग्दासमेत सरकारले निर्वाचन मिति घोषणा नगरेकोप्रति ध्यानाकर्षण गराएका हुन्। नेपालको संविधानअनुसार आगामी २०७९ जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने र सो समय अगावै स्थानीय तहको निर्वाचन हुन नसके जनप्रतिनिधिको रिक्तता हुनेप्रति चिन्ता व्यक्त भइरहेको छ। 

सो सङ्गठनले स्थानीय तह निर्वाचन ऐन, २०७३ मा अपाङ्गता सवाललाई समावेश हुने गरी संशोधन गर्न पनि माग गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×