पेस्तोल र गोली सहित दुई जना पक्राउ 

मकवानपुर - हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट पेस्तोल १ थान, गोली १ थान र सेतो रंगको पाउडर जस्तो धुलो पदार्थ करिब २ किलो ७ सय ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बाजुरा हिमाली नगरपालिका–१ बस्ने ३१ वर्षीय देव बहादुर थापा र नवलपरासी पूर्वी सुस्ता कावासोती नगरपलिका–५ बस्ने ५७ वर्षीय वीर बहादुर थापा मगर रहेका छन् ।  

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले चितवनबाट काकडभिट्टातर्फ जाँदै गरेको मे.१ ख २५३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×