राजस्थानको लगातार दोस्रो हार

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले लगातार दोस्रो हार बेहोरेको छ। सुरुआतबाटै राम्रो प्रदर्शन गरिरहेको राजस्थानले लिगको आठौं खेलसम्म दुईमात्र हारको सामना गरेको थियो। तर लिगको नवौं र १० औं खेलमा राजस्थानले लगातार दुई हार बेहोरेको हो।

नवौं खेलमा राजस्थानले मुम्बइसँग हार बेहोरेको थियो। भने १० औं खेलमा उसले कोलकत्ता नाइट राइडर्ससँग सात विकेटको हार बेहोरेको हो। वांखडे रंगशालामा सोमबार राति सम्पन्न भएको खेलमा राजस्थानले पुरा ओभर खेल्दै पाँच विकेट गुमाएर १५२ रन बनाएको थियो। जवाफमा कोलकत्ताले चार बल बाँकी रहँदै १५३ रनको लक्ष्य १५८ रन बनाएर पुरा गरेको थियो।

पहिलो पारीमा राजस्थानमा सन्जु समसनले सर्वाधिक ५४ रन बनाए भने सिमरन हेत्मायरले अविजित २७ रनको योगदान दिए। राजस्थानलाई १५२ रनमा समेट्ने क्रममा टिम साउथीले दुई विकेट गिराएका थिए।यो जितसँगै कोलकत्ताले १० खेलबाट ८ अंक बनाएको छ। ऊ अहिले तालिकाको सातौं स्थानमा छ। त्यस्तै १२ अंक भएको राजस्थान तेस्रो स्थानमा छ।

तालिकाको शीर्षस्थानमा रहेको गुजरातको १६ अंक छ भने दोस्रो स्थानको लखनौको १४ अंक छ। आईपीएलमा यी दुई टिमले यो वर्ष मात्र डेब्यु गरेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×