डर्टमन्डमा हालान्डको स्थानमा युवा फरवार्ड करिम एडियमी

काठमाडाैँ - युवा स्टार एर्लिङ ब्राउट हालान्डले क्लब छाड्ने पक्का भएसँगै जर्मन क्लब बोरुसिया डर्टमुन्डले उनको स्थानमा जर्मनीका युवा फरवार्ड करिम एडियमीलाई अनुबन्ध गरेको छ।

सम्झौता अनुसार जर्मन युवा प्रतिभा करिम उनी सन् २०२७ सम्म डर्टमुन्डमा रहनेछन्।

‘करिम एडियमी एक प्रतिभाशाली जर्मन युवा फरवार्ड हुन्। उनको गति निकै उच्च छ,’ डर्टमुन्डका खेल निर्देशक माइकल जोर्कले भने। ‘ एडियमीलाई बिभीबिको ठुलो माया छ। उनले डर्टमुन्डबाट खेल्नको लागि मुख्य युरोपेली लिगहरूबाट धेरै प्रस्तावहरू अस्वीकार गर्ने निर्णय गरेका थिए।’

एडियमीले डर्टमन्डलाई बाल्यकालदेखि नै पछ्याइरहेको र बालापनमा डर्टमुन्डको तीव्र गतिको फुटबलबाट मोहित रहेको बताए। ‘मैले नै डर्टमुन्डसँग दीर्घकालीन सम्झौता गरेको हुँ। किनभने म विश्वस्त छु कि हामी एक रोमाञ्चक टोली हुनेछौं। उत्कृष्ट प्रशंसकको समर्थनमा खेल्न र उपाधि जित्न सक्षम छौं। त्यसैले मलाई डर्टमुन्ड आउन सहज भयो,’ उनले भने।

करिमले यो सिजन साल्जबर्गका लागि ३३ गोल गरेका छन्। उनले जर्मनीका लागि ३ क्याप जित्दा १ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। उनले तीन पटक अष्ट्रिय बुन्डेसलिगा, तीन अष्ट्रियन कप र जर्मनीबाट युइएफए यु–२१ युरो कप जितेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×