१४ वर्षपछि नम्रता र विनय स्क्रिन सेयर गर्दै

काठमाडौँ - नयाँ बन्न लागेको फिल्म मार्फत नम्रता श्रेष्ठ र विनय श्रेष्ठले ‘सानो संसार’ रिलिज भएको १४ वर्षपछि एउटै स्क्रिन सेयर गर्ने भएका छन्। डेब्यु निर्देशक राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्ममा उनीहरुले एउटै स्क्रिन सेयर गर्न लागेका हुन्। 

सिक्किमस्थित गान्तोकमा सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अथित्यतामा भएको कार्यक्रमबीच नेपाली फिल्म ‘ग्रहण’ बन्ने घोषणा गरिएको थियो। कार्यक्रममा फिल्मको टाइटलसँगै कलाकारहरुसमेत सार्वजनिक गरिएको छ। फिल्ममा विनय र नम्रताका अलावा सारुक ताम्राकार लगायत अन्य कलाकारको समेत अभिनय रहनेछ।

‘ग्रहण’मा हरि हुमागाईंको छायांकन रहने छ भने यसको सम्पादन प्रविन श्रेष्ठको र स्क्रिप्ट र स्क्रिन प्ले बिशाल सापकोटाको रहेको छ। रे भेन्चर्स प्रा.लि.को व्यानरमा निर्माण हुने यस फिल्म थ्रीलर ड्रामा जनरामा रहने बताइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×