ग्रिजमनको गोलमा एट्लेटिको विजयी

काठमाडौँ - फ्रान्सका एन्टोनियो ग्रिजमनले गरेको गोलमा एट्लेटिको मड्रिडले शनिबार राति स्पेनिस ला लिगामा एथलेटिक विल्बाओलाई १-० ले हराएको छ। 

ग्रिजमनले दोस्रो हाफको तेस्रो मिटेनमा गरेको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो। त्यही गोल एट्लेटिकोको जितमा निर्णायक बन्यो। ग्रिजमनको एट्लेटिकोबाट यो १००औँ गोल हो। उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए।

मोराटाले दशौँ मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्री (भीएआर)ले मान्यता दिएको थिएन।  जितसँगै ९ खेलबाट १९ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको बार्सिलोनाभन्दा ३ अंकले पछाडि हो।

१ खेल कम खेलेको बार्सिलोनाले आज दोस्रो स्थानको रियाल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ। एथलेटिक विल्बाओ भने चौथो स्थानमा झरेको छ। विल्बाओको १७ अंक रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×