रोमा इटालियन शीर्ष डिभिजनको फुटबल सिरी एको शीर्षस्थानमा

काठमाडौँ - मोन्जाविरुद्ध ३-० को सहज जित निकालेसँगै रोमा इटालियन शीर्ष डिभिजनको फुटबल सिरी एको शीर्षस्थानमा उक्लिएको छ।

लिगका सुरुवाति ४ खेलमा १० अंक जोड्दै रोमा लिगको शीर्षस्थानमा उक्लिएको हो। यस्तै रोमा सिरी एमा १० अंक बनाउने सिजनको पहिलो क्लब भएको छ। मंगलबार राति स्टेडियो ओलम्पिकोमा रोमालाई जित दिलाउन पाउलो ड्याबलाले दाहोरो गोल गरेका थिए।

डिबालालाई प्रशिक्षक माउरिन्होले खेलको ६६औं मिनेटमा प्रतिस्थापन गरेका थिए। प्रतिस्थापन भएपछि डिबालालले प्रशिक्षकलाई भने - बोस एक छिन खेलेको भए म अर्को गोल पनि गर्ने थिएँ नि।

उनको भनाइ सुनेर माउरिन्होले जवाफ फर्काए - बाकीँ गोल उडिनेसविरुद्ध गर्नु। अब रोमाले अर्को खेल उडिनेसविरुद्ध उसकै मैदानमा खेल्दैछ।

‘आजको राति डिबालाले निकै राम्रो प्रदर्शन गरेका छन्। तर हामी जहिल्यै स्ट्राइकरको कुरा गछौं, यहाँ डिफेन्डर टामी अब्राहमले उत्कृष्ट प्रदर्शन गरेका छन्,’ खेलपछि रोमाका मूख्य प्रशिक्षक होसे माउरिन्होले भने, ‘यो रात ट्यामी फर्ममा थिए। उनले सबै बल जिते, आफूसँग राख्न सके अनि गोलका लागि बल निकाले।’

उनले खेलको १८औं र ३२औं मिनेटमा गोलगरेसँगै रोमाले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा रोजर इबान्जले एक गोल थपेका थिए। ‘म फ्यानको मार्कमा पर्न चहान्थेँ। आजको गोलसँगै घरेलु मैदानमा त्यो भएको,’ खेलपछि डिबालाले भनेका छन्, ‘यो रिजल्टले मलाई खुसी बनाएको छ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×