माघ ६ अघि बालेनले दिनुपर्छ काठमाडौं महानगरको मेयर पदबाट राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको ७ बुँदे सहमतिअनुसार संसदीय चुनाव लड्ने तयारी गरेका छन्। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन कानुनी प्रावधानअनुसार उनले माघ ६ गतेभित्र मेयर पदबाट राजीनामा दिनुपर्ने भएको छ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार माघ ६ गते उम्मेदवारी दर्ताको मिति तोकिएकाले सो मितिभन्दा अघि वा सोही दिन उनले राजीनामा दिनुपर्ने आयोग स्रोतले जनाएको छ।

रास्वपासँगको सहमतिअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन सहभागी हुनेछन्। सहमतिमा निर्वाचनपछि बालेन रास्वपाको संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवार हुने उल्लेख छ।

मेयर बालेनले राजीनामा दिएपछि काठमाडौं महानगरपालिकाको नेतृत्व उपमेयर सुनिता डंगोलले कार्यवाहक मेयरका रूपमा सम्हाल्नेछिन्

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×