काठमाडौँ - दक्षिण अमेरिकी टोली पाराग्वेसँगको मैत्रीपूर्ण खेलमा जापान ४–१ ले विजयी भएको छ।
होकाइदोमा भएको खेलमा जापानका लागि टाकुमा असानो, डाइची कमाडा, काओरु मितोमा र एओ टानाकाले १/१ गोल गरेका थिए। पाराग्वेका डेर्लिस गोन्जालेजले सान्त्वना गोल फर्काएका थिए।
फिफा वरियतामा जापान २३ औं स्थानमा रहेको छ। भने ,पाराग्वे ५०औं स्थानमा रहेको छ। जापान र ब्राजिलबीच मैत्रीपूर्ण खेल अर्को हप्ता हुँदैछ।