"बैंकको ऋण तिर्दैनौं भन्ने विषय सरकारलाई मान्य हुँदैन" - अर्थमन्त्री महत

काठमाडौँ - अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकको ऋण तिर्दैनौं भन्ने विषय सरकारलाई मान्य नहुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन्।

उनले भने ‘म यो मञ्चबाट भन्न चाहन्छु कि कर्जा नै तिर्दैनौं भन्ने विषय हुन सक्दैन। अहिले अप्ठेरो पर्‍यो, ब्याजदरमा अलिकति सहुलियत चाहियो, समय चाहियो त्यो हुन सक्ला। तर साँवा पनि नतिर्ने भन्ने सवाल हुन सक्दैन, त्यो मामलामा सरकार स्पष्ट छ।’

ब्याजदरका विषय वा मौद्रिक नीतिमा टाइट गरिएका अन्य विषयलाई खुकुलो बनाउने सन्दर्भमा सरकारले राष्ट्र बैंकसँग परामर्श गरिरहेको उनले बताए। चाँडै नै लगानीका समस्या हल गरेर अर्थतन्त्र चलायमान गराउने दिशामा सरकार केन्द्रित रहेको उनको भनाइ छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×