अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं - सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट नियन्त्रित लागूऔषध ट्रामानिल ९४ क्याप्सुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ  बस्ने २६ वर्षीय सन्दिप राई र धरान उपमहानगरपालिका–४ बस्ने १८ वर्षीय किशोर रहेका छन् । सन्दीपको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा १ लाख ९५ हजार ५ सय ५ रूपैयाँ, मोबाइल २ थान र उक्त लागूऔषध सहित उनीहरूलाई पक्राउ गरेको हो ।

सर्लाहीको मलंगवा नगरपालिका–७ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ८० ट्याब्लेटसहित लालबन्दी नगरपालिका–१ बस्ने २१ वर्षीय रोशन खड्कालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट मलंगवातर्फ पैदलआउँदै गरेकाउनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×