पोखरा महानगरको नीति तथा कार्यक्रम पारित

कास्की - पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ। मेयर धनराज आचार्यले महानगरको १३ औँ नगरसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। 

मेयर आचार्यले आइतबार नगरसभामा एक सय ४३ बुँदा समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। 

मेयर आचार्यले नेपाल सरकारबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अनुरोध गर्ने जनाएका छन्। उनले पोखराको समुन्नत पर्यटकीय पोखरा निर्माणका लागि टप टु बटमको एप्रोज लागु गर्ने सुनाए। 

उनले महानगरले महाशाखा, शाखा तथा वडाहरुको सोलाई प्रविधिमैत्री बनाइने बताए। उनले कर प्रशासनलाई सरलीकृत गर्दै आगामी आर्थिक वर्षमा अनलाइन प्रणाली मार्फत कर संकलन गर्ने बताए। 

महानगरले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्ने मेयर आचार्यले जनाए। बारीदेखि बजारसम्म, उत्पादनदेखि उपभोक्तासम्म भन्ने नारा दिएर कृषि बजारीकरण गर्ने उनले सुनाए। 

मेयर आचार्यले महानगर र सहकारी, उत्पादन र बजारीकरणमा साझेदारी भन्न मान्यताका साथ सहकारी क्षेत्रमा रहेको सर्वसाधारणको बचत सुरक्षित गर्ने अनुगमन र नियमनलाई प्रभावकारी बनाइने सुनाए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×