देशभर एक हजार ५५० बढी पक्की पुल निर्माण हुँदै

काठमाडौँ - देशमा पक्की पुल निर्मणको अभियान चलेको छ। पछिल्लो समय देशमा नयाँ सडकहरु निर्माण तथा विस्तारको क्रममा विभिन्न ठाउँमा रहेका नदी तथा खोलाहरुमा पक्की पुलहरु निर्माणको क्रम बढेको हो। हाल देशभर एक हजार ५५० बढी पक्की पुल निर्माणको क्रममा रहेका छन्।

सडक विभाग अन्तर्गतको पुल महाशाखाका प्रमुख ईन्जिनियर उमेश बिन्दु श्रेष्ठका अनुसार अहिले देशभर ठेक्का लाग्न बाँकी र लागेका गरी १ हजार ५६५ वटा पक्की पुल निर्माणको क्रममा रहेका छन्। मूख्य राजमार्ग र सहायक राजमार्गमा यी पुलहरु बन्न लागेको उनले बताए।

जसअन्तर्गत राजमार्गमा बन्न लागेका रणनैतिक सडकअन्तर्गतका ६१० वटा पुलहरु रहेका छन्। स्थानीय सडक अन्तर्गतका ९५५ वटा पुल बन्दैछन्।

यी पुलहरुमध्ये कतिपय निर्माणकै क्रममा छन् भने कतिपय टेण्डर प्रक्रियामा छन्। केहीको टेण्डर हुन बाँकी रहेको छ। जसमध्ये निर्माणधीन पुलको संख्या ४९१ छ। ठेक्का लाग्न बाँकी रहेको पुलको संख्या १ हजार १७ रहेको छ। रणनैतिक सडक अन्तर्गत ५० वटा पुलहरु निर्माण भएका छन् भने स्थानीय सडक अन्तर्गत १८७ पुलहरु निर्माण सम्पन्न भइ सवारी गुडिरेहेका छन्।

देशभरका ३०० वटा पुलहरु पु्नर्निर्माण गर्नुपर्ने देखिएकामध्ये गत आ.व.सम्म २८२ वटा पुलहरु पुनर्निर्माण गरेर सकिएको उनको भनाइ छ। रुग्ण रहेका ७९ वटा पुलहरु बन्न नसकेकामध्ये गत आवसम्ममा यसको संख्या ३४ मा झरेको छ।

महाशाखाका प्रमुख ई. श्रेष्ठका अनुसार ठेकेदार कम्पनीको लापरबाही र विभिन्न खरिद प्रक्रियामा समस्या भएका कारण यी ३४ वटा पुलको आयोजना रुग्ण अवस्थामा रहेका छन्। अबको ७ महिनाभित्र यी मध्ये १० वटाको काम पनि सम्पन्न हुने उनको भनाइ छ।

ठेकेदारको लापरबाही र विभिन्न खरिद प्रक्रियाले हाल ३४ वटा पुलहरु लामो समयदेखि अलपत्र छन्। ठेकेदार कम्पनीले विभिन्न बहाना देखाएर काममा ढिलाई गर्दा पुलहरु रुग्ण हुन पुगेका हुन उनले भने, ‘यी ३४ वटा पुलमध्ये १० वटा पुलहरुको निर्माण ७ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ।’

निर्माणको जिम्मा पाएका ठेकेदारले समयमा काम नसकिदँदा, पटक पटक समय थप्दा पनि अनेक बहाना बनाएर पुल निर्माण कार्य अलपत्र पार्दा लागत र समय दुवै बढ्दैगएको उनको भनाइ छ। जसकाकारण केही निर्माण कम्पनीहरुको ठेक्का समेत तोडिएको छ।

पुल निर्माणमा लापरबाही र कमसल सामानको प्रयोग गरे बापत पप्पु, निलगिरी कम्पनीलाई कारबाही समेत गरिएको उहाँले बताउनुभयो। पप्पु कन्स्ट्रक्सन र निलगिरी कन्स्ट्रक्सनले पुल निर्माणमा लापरबाही गरेपछि यी दुई कम्पनीलाई कारबाही गरिएको छ। 

सकेसम्म म्याद थप गरेर काम गरिरहेकै निर्माण कम्पनीले काम सम्पन्न गरोस् भनेर सयम दियों, तर काम सोचेजस्तो नगर्ने, कमसल काम गर्नेगरेको भेटिएपछि निर्माण कम्पनीलाई कारबाही गर्ने गरिएको उनले बताए।

पुल निर्माण भइसकेपछि गुणस्तर जाँचगर्दा कमजोर गुणस्तरको भएको पाइएका कारण केही कम्पनीलाई कारबाही गरिएको हो। त्रियुगा नदी र कमला नदीमाथि बनेका पुलहरु निर्माणको क्रममा त्रुटी भेटिएपछि पप्पु कन्स्ट्रक्सनलाई कारबाही गरेपछि यसको प्रक्रिया रोकिएको छ।

बन्दै गरेका पुलहरुमध्ये राजमार्गमा बन्ने पुलहरु ४ लेनका हुनेछन् भने अन्य स्थानीय सडकमा बन्दैगरेका पुलहरु २ लेनका हुने निर्माण कम्पनीले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×