चोटका कारण काटोटोले महिला युरोकप गुमाउने

काठमाडौँ - फ्रेन्च स्ट्राइकर मारी एन्टोइनेट काटोटोले महिला युरोकप २०२२ को बाँकी खेल गुमाउने भएकी छिन्। घुँडाको चोटका कारण उनले युरोकप गुमउने फ्रेन्च फुटबल संघले पुष्टि गरेको हो।  

बेल्जियमविरुद्धको खेलका क्रममा बिहीबार चोट लागेको थियो। काटोटोको घुँडाको एन्टिेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) फाटेको बताइएको छ। फ्रान्सले उक्त खेल २-१ ले आफ्नो पक्षमा पारेको थियो।

चोटका कारण उनले बेल्जियमविरुद्ध खेलको १७ औं मिनेटमै मैदान छाड्नु परेको थिय । उनको स्थान ओलेमाता सरले लिएकी थिइन्। फ्रान्स समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ।

काटोटोले युरो कपको आफ्नो  पहिलो खेलमा फ्रान्सले  इटालीमाथि ५-१ को प्रभावशाली जित हात पर्दा १ गोल गर्नुका साथै १ गोलका लागि अवसर सिर्जना गरेकी थिइन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×