काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ। मंसिर २८ र २९ का लागि तय भएको बैठक स्थगित पश्चात आज बस्ने भएको हो ।
आज र भोलि बस्ने बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्य प्रगतिको समीक्षा गरिने नेताहरूले बताएका छन् ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।