स्लो ओभर रेटका कारण भारतको विश्व टेस्ट च्याम्पियनसिपमा दुई अंक काटियो

काठमाडौँ - एजब्यास्टन टेस्टमा स्लो ओभर रेटका कारण भारतले विश्व टेस्ट च्याम्पियनसिपमा २ अंक गुमाएको छ। भारत र इंग्ल्यान्डबीच खेलिएको पाँचौं टेस्टमा भारतले पराजय बेहोरेपछि सिरिज २-२ को बराबरीमा टुंगिएको थियो।  

दोहोरो अंक घटेपछि भारतको हाल ५२.०८ प्रतिशत अंक रहेको छ, जुन पाकिस्तानको ५२.३८ भन्दा थोरै कम हो। योसँगै भारत अंक तालिकाको चौथो स्थानमा पुगेको छ। 

अंक कटौतीसँगै भारतीय टोलीका सबै खेलाडीको ४० प्रतिशत म्याच फ्रि पनि काटिएको छ। स्लो ओभर रेटका कारण भारतको अंक घटेको यो सिरिजमा दोस्रो पटक हो। साथै, हालको विश्व टेस्ट च्याम्पियनसिपमा समग्रमा तेस्रो पटक भारतको अंक घटाइएको हो। 

नटिङ्घम टेस्टमा भारतले २ अंक गुमाएको थियो। यो जनवरीमा दक्षिण अफ्रिकाको सेन्चुरियनमा १ अंक कटौती भएको थियो। अहिलेसम्म भारतीय टोलीको कुल ५ अंक कटाइएको छ।

यस घटनाका कारण भारतीय टोलीलाई विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न कठिनाई सिर्जना भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×