अमेरिकामा गाडीको ठक्करबाट एक नेपाली मूलका व्यक्तिको मृत्यु

काठमाडौँ - अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा गाडीले ठक्कर दिंदा नेपाली मूलका भुपेन उप्रेतीको मृत्यु भएको छ। गत  बिहिबार दिउँसो उनको मृत्यु भएको थियो। 

सुन्दरहरैचा नगरपालिका ७ मोरङ गोठ गाउँका उप्रेती  हाल अमेरिकाको भर्जिनियाको मनाससमा परिवारसँग बस्दै आएका थिए। विगत साढे ४ वर्षदेखि उनी एबिसी पसलका व्यवस्थापक रुपमा काम गर्दै आएका थिए। 

प्रिन्स विलियम काउन्टी प्रहरी विभागका अनुसार गत बुधबार राती उनलाई कारले ठक्कर दिएको थियो। मनासस शहरको सडली म्यानोर र स्कोफिल्ड वे नामक सडकको बीचमा करिव ९:३० बजे उक्त दुर्घटना भएको स्थानीय पत्रिका डब्लुयुएसएले जनाएको छ।

उनी डिभी लटरीमार्फत अमेरिका एकल आएका थिए भने बिहेपछि परिवारलाई अमेरिका ल्याएका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×