कतार विश्वकपका लागि ब्राजिलको टिम घोषणा

काठमाडौँ - १२ दिनपछि कतारमा सुरु हुने फिफा विश्वकपका लागि ब्राजिलको टिम घोषणा भएको छ। मुख्य प्रशिक्षक टिटेले ५ पटकको कीर्तिमानी च्याम्पियन ब्राजिलको टिम सोमबार राति घोषणा गरेका हुन्।

समूह ‘जी’मा परेको ब्राजिलले समूह चरणमा सर्बिया, स्वीट्जरल्यान्ड र क्यामरुनसँग खेल्नेछ। रुसमा २०१८ मा भएको विश्वकपको पछिल्लो संस्करणमा ब्राजिलले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। बेल्जियमविरुद्ध २-१ को नतिजामा पराजित भएसँगै ब्राजिलको यात्रामा पूर्णविराम लागेको थियो।

सन् २०१४ मा घरेलु मैदानमा भएको विश्वपको सेमिफाइनलमा जर्मनीसँग ७-१ पराजित भएको थियो। तेस्रो स्थानका लागि भएको खेलमा नेदरल्यान्ड्ससँग ३-० ले पराजित भएको ब्राजिल चौथो भएको थियो।

ब्राजिलियन टिम

गोलकिपर - एलिसन, एडर्सन वेभरटोन

डिफेन्डर - ड्यानिलो, ड्यानी एल्भेस, एलेक्स सान्ड्रो, एलेक्स टेलेस,थिएगो सिल्भा, मार्किन्होस, एडर मिलिटाओ, ब्रेमर

मिडफिल्डर - क्यासिमिरो, फ्याबिन्हो, ब्रुनो गुइमारेज, फ्रेड, लुकास पाक्वेटा, एभर्टन रिबेइरो

फरवार्ड - नेइमार, गाब्रियल जिजस, भिनिसियस जुनियर, एन्टोनी, राफिन्हा, रिचार्लिसन, गाब्रियल मार्टिनेली, रोड्रिगो, पेड्रो

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×