काठमाडाैं । एकाएक सार्क ल नेपालको एक विज्ञप्ती सार्वजनिक हुँदा न्यायालय र कानून व्यवसायी वृत्तमा गजवको गसिपनै छायो ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको वोलवाला रहेको यो संस्थामा सर्वोच्चकै वहालवाला न्यायाधीस सपना प्रधान मल्ल हाल अध्यक्ष पदमा छिन् ।
सदस्यमा सर्वोच्च वारका अध्यक्ष तथा हाल प्रधानन्यायाधीसको राजीनामा माग गर्ने अभियानका प्रमुख पात्र बरिष्ठ अधिवक्ता पूर्ण मान शाक्य, बद्री बहादुर कार्की, तुलसि भट्ट लगाएतका छन् ।
यो विज्ञप्ती बाहिर आउँदै गर्दा मंगलवार कानून व्यवसायीहरुका सामाजिक सञ्जालबाटै विविध कटाक्षहरु आए । अधिवक्ता वसन्त वस्नेतले आफ्नो फेसबुक वालमा लेखे सर्वोच्च वारका अध्यक्षले अब त ससुराली जाँदा पनि प्रधानन्यायाधीसको राजीनामा माग्ने भए ।
अन्य कानून व्यवसायीहरुले पनि आफ्नो र आफ्नो पहुँचमा भएका जे जति, जस्तासुकै संस्थाहरुबाट प्रधानन्यायाधीसको राजीनामाको विषयलाई ढोल पिटेर बरिष्ठ भनिएका कानून व्यवसायी र वहालवाला न्यायाधीसनै अध्यक्ष रहेको संस्थाबाट यति सतही रुपमा व्यक्तिगत रिसइवि पोखे जस्तो गरी विज्ञप्तिका रुपमा बाहिर आउनुले हाम्रो न्यायलयमाथिको नागरिकको भरोषा र गरिमा समाप्त हुने खेल भइरहेको टिप्पणी गरेका छन् ।
केही बरिष्ठ अधिवक्ताहरुले यसलाइ निकृष्ट फोहोरी खेलको संज्ञा दिएका छन् ।
वहालवाला न्यायाधिसलेनै अध्यक्षता गरेको संस्थाको विज्ञप्ती आफ्नै प्रमुख विरुद्ध आउनुले नेता न्यायाधीसहरुको गरिमा कतिसम्म रहेछ र न्यायालयको गरिमालाइ कहाँ सम्मको तल्लो व्यवहार देखाएको हो भन्ने पक्षमा अधिकांस कानून व्यवसायीहरुको एकमत रहेको छ ।
उनीहरुको यो अभियानको तात्पर्य न्यायालय सिध्याउनु भएकाले न्यायप्रेमि जनसमुदायहरुले समयमै खवरदारी गर्नुपर्ने विचार तटस्थ भूमिका रहेका बरिष्ठ अधिवक्ताहरुको रहेको छ। कानुन पत्रिकाबाट साभार