मधुसँग दुबई भ्रमणमा निस्किए राजेश हमाल

काठमाडौँ - फिल्म ‘मायाको माया’मा अभिनेता राजेश हमाल अनुबन्धित भएका छन्। भदौ ९ गतेदेखि छायांकन सुरु हुने फिल्ममा हमालले हिप्नोथेरापिस्टिक चिकित्सकको भूमिका निर्वाह गर्दैछन्।

पारिवारिक कथावस्तुमा निर्माण हुन लागेको फिल्ममा आना शर्मा र अनुपविक्रम शाहीले पति पत्नीको भूमिका निर्वाह गर्नेछन्। रोहितकरण वैद्यले निर्देशन गर्ने फिल्मबाट सर्वाङ्गी पाण्डेले डेब्यु गर्दैछिन्।

हमाल सोमबार बिहान दुबई भ्रमणमा निस्किएका छन्। पत्नी मधुलाई लिएर त्यसतर्फ लागेका हमालले भदौ ५ गते नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ड्रिम हाई नेपालले गर्ने ‘नेपाल इभ टुरिजम टुर’ कार्यक्रममा भाग लिनेछन्।

हमाल दुबईमा झण्डै एक साता भन्दा बढी समय रहनेछन्। त्यसक्रममा दुबई घुमघामदेखि डायस्पोराका अन्य कार्यक्रममा पनि सहभागी हुनेछन्।

दुबईबाट फर्किएपछि हमाल भारतको बैंग्लोरमा सद्गुरुको अन्तर्वार्ता लिन जानेछन्। सेप्टेम्बर १ मा त्यहाँबाट फर्किएपछि उनले ‘मायाको माया’ छायांकन सेट ज्वाइन गर्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×