काठमाडौँ - पोर्चुगिज क्लब बेन्फिकाले इटालियन क्लब युभेन्टस्लाई च्याम्पियन्स लिग फुटबलमा हराएको छ। बुधबार राति भएको खेलमा बेन्फिकाले युभेन्टस्लाई २-१ गोल अन्तरले हराएको हो।
युभेन्टस्को घरेलु मैदानमा भएको खेलमा सुरुवाती लिएको अग्रता जोगाउन नसक्दा हार व्यहोरेको हो। खेलको चौंथो मिनेटमा मिलिकले गोल गर्दै युभेन्टस्लाई अग्रता दिलाएका थिए।
बेन्फिकाका लागि खेलको ४३ औं मिनेटमा जोआ मारियोले पेनाल्टीमा गोल गर्दै टिमलाई १-१ गोलको बराबरीमा ल्याए। खेलको ५५ औं मिनेटमा डाभिड नरेसले गोल गर्दै बेन्फिकालाई २-१ को जित दिलाए।
जितसँगै बेन्फिकाले २ खेलमा ६ अंक जोडेर समूह एचको दोस्रो स्थानमा रहेको छ। यता लगातार दोस्रो हार व्यहोरेको युभेन्टस् अंक विहीन हुँदै तेस्रो स्थानमा रहेको छ।