जेसीबीमा मोटरसाइकल ठोकिँदा एकको मृत्यु

बर्दिया - बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा हिजो साँझ जेसीबीमा मोटरसाइक ठोकिँदा एकजनाको मृत्यु भएका छन् भने सोहि दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्। सडकमा रोकी राखेको जेसीबीमा मोटरसाइकल ठोकिँदा उक्त दुर्घटना भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार २३ वर्षीय धनबहादुर चौधरी रहेका छन्। उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  कर्णाली प्रदेश ०२–००१ प २४६१ नम्बरको मोटरसाइकल, हिजो साँझ साढे ६ बजे, अन टेष्ट लेखिएको जेसीबीमा ठोकिँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका २६ वर्षीय मोटरसाइकल चालक मंगल शाहीको पनि मेडिकल कलेज कोहलपुर बाँकेमा नै उपचार भइरहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×