सिन्धुपाल्चोकको इन्द्रावतीमा आकर्षक गाउँपालिका भवन

 
काठमाडौँ - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले आकर्षक गाउँपालिका भवन बनाएको छ।

सबैजसो पालिकाको भवन सामान्य या आधुनिक शैलीमा निर्माण गरिए पनि यहाँ भने पुरातात्विक प्यागोडा शैलीमा भवन बनाइएको हो। सुनकोसी अर्थात् थकाह्युल्साको  किराँतकालीन राज्यको इतिहास भएकाले पालिकाको भवन बनाउँदा पुरानै शैली अपनाइएको गाँउपालीकाका प्रमुख इन्जिनियर राजाराम घोरसैनीले बताए। रु. छ करोड ५१ लाखको  लागतमा बनेको सो भवन स्वराज–टक्सार जेभीले १८ महिनामा निर्माण गरेको र भवनमा प्रविधिमैत्री कक्ष, हेल्प डेस्क, बैठक कक्ष र पदाधिकारीका लागि छुट्टाछुट्टै कार्यकक्ष छन्। जिल्लामा तीनवटा नगर र नौ वटा गाउँपालिका छन्। 

हालसम्म इन्द्रावतीसहित मेलम्ची, बाह्रबिसे र चौतारा साँगाचोकगढी नगरपालिका तथा लिशङ्खुपाखर, पाँचपोखरी थाङपाल, जुगल गाउँपालिकाले कार्यालय भवन निर्माण भइसकेका छन्। भोटेकोसी, बलेफी, त्रिपुरासुन्दरी, हेलम्बु गाउँपालिकाले भने केन्द्र निश्चित गरेर भवन बनाउँदै छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×