शनिवार देशभर आंशिक बदली रही बाग्मती र गण्डकी प्रदेशमा सामान्य वर्षा हुने

काठमाडौं । शनिवार प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भूभागहरुमा  आँशिकदेखि सामान्य बदली  र अन्य पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

त्यस्तै, शनिवार राती  देशका पहाडी भूभागहरुमा  आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने प्रदेश १, बाग्मती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।  

देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना रहनुको साथै देशभर चिसो बढ्ने क्रमसमेत रहने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×