काठमाडौँ - टेनिस महिला स्टार सेरेना विलियम्सले संन्यासको घोषणा गरेकी छिन्। १ वर्ष कोर्टबाट बाहिर रहेपछि जुनमा फर्किएकी सेरेनाले युएस ओपनसँगै सन्यास लिने घोषणा गरेकी हुन्।
उनले मंगलबार राति युएस ओपनपछि टेनिसबाट टाढा रहने घोषणा गरेकी हुन्। जुनमा उनी विम्बल्डन च्याम्पियनसिपबाट १ वर्षपछि टेनिसमा फर्किएकी थिइन्। ४० वर्षीय अमेरिकी खेलाडीले पछिल्लो पटक सन् २०१७ मा ग्रान्डस्लाम जितेकी थिइन्। उनले हालसम्म २३ ग्रान्डस्लाम जितेकी छिन्।